सुझाव सुनुवाई नभएको भन्दै सांसदद्वारा सरकारको आलोचना « Khabarhub

सुझाव सुनुवाई नभएको भन्दै सांसदद्वारा सरकारको आलोचना


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुले दिएको सुझावलाई समेत ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा सांसदहरुले निजामती सेवा ऐनसम्बन्धी विधेयकमाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सबै क्लस्टरमा महिलाहरुलाई ५० प्रतिशत छुट्टै आरक्षणको व्यवस्था हुने गरी उक्त ऐन संशोधन गर्न दिइएको समितिका सदस्यहरुको सर्वसम्मतिको सुझाव पनि समावेश नगरेपछि सरकारको आलोचना गर्नु परेको सत्तारुढ नेकपाकी सांसद रेखा शर्माले जानकारी दिइन् ।

नेकपाकै अर्का सांसद झपटबहादुर रावलले पटकपटक दिइएको सुझाव सरकारले किन ग्रहण नगरेको ? भनी प्रश्न गरे । उनले आर्थिक रुपले पछाडी परेका सबै समुदायलाई आरक्षणमा राख्नुपर्ने व्यवस्था उक्त ऐनमा गर्न पनि सरकारसँग माग गरे ।

सरकारले पेश गरेको विधेयकमा ४५ प्रतिशत मात्रै आरक्षण सिट राख्ने प्रस्ताव गरिएको छ । त्यसमा ५० प्रतिशत सबै क्लष्टरमा महिलाहरुलाई छुट्याउनु पर्ने सांसदहरुको सुझावलाई सरकारले समावेश नगरेकोमा सांसदहरुको आपत्ति छ । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले राखेको आरक्षणसम्बन्धी व्यवस्था प्रक्रियामै त्रुटिपूर्ण रहेको दावी गर्दै यसलाई सच्याउन माग गरे ।

यता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै क्लष्टरमा ५० प्रतिशत महिला पुर्‍याउने सम्भावना नभएकाले सांसदहरुको सुझावलाई विधेयकमा समावेश गर्न नसकिएको जवाफ दिएका थिए । उनले उक्त ऐनमा प्रस्ताव गरिएको आरक्षण सम्बन्धी अन्य व्यवस्थामा समितिका व्यापक छलफल गरेर त्यहाँ आएको सुझावलाई समेटेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री पण्डितले अनुभवको आधारमा पनि ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्न उपयुक्त हुने देखिएकाले सरकारले त्यसमा अडान लिन चाहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ५७ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी