नेकपाको चियापानमा १ लाखलाई निम्ता « Khabarhub

नेकपाको चियापानमा १ लाखलाई निम्ता


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई निम्ता गरेको छ ।

नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ भने आवश्यक तयारी पनि अन्तिम चररणमा पुर्‍याएको छ । नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चियापान आयोजना गरेका हुन् ।

उनीहरु दुबै अध्यक्षको हस्ताक्षरमा कार्ड बाँडिएको छ । दशैं, तिहार, छठ, नेपाल संवत, इद, ल्होसार लगायतका नेपाली जनताका चाडपर्वको अवसरमा पार्टीले शुभकामना आदान प्रदान आयोजना गरेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ । तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : २० बजे

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले