पत्नी गिन्नीको डेलिभरीका लागि यस्तो तयारी गर्दैछन् कमेडियन कपिल « Khabarhub

पत्नी गिन्नीको डेलिभरीका लागि यस्तो तयारी गर्दैछन् कमेडियन कपिल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कमेडियन कपिल शर्माकी पत्नी गिन्नी चतरथ गर्भवती छिन् । कपिल चाँडै पिता बन्दैछन् । पछिल्लो समय उनी आफ्नो प्रोफेशनल लाइफ र पर्सनल लाइफलाई लिएर निकै खुसी पनि देखिन्छन् ।

उनी आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ को आउँदो एपिसोडमा आफ्नो जन्मिने बच्चा र गिन्नीका साथ समय कसरी बिताउने भन्ने विषयमा तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुम्बई मिररको एक रिपोर्टअनुसार कपिल डिसेम्बरमा पिता बन्दैछन् । जीवनको यो नयाँ घडीलाई लिएर कपिल निकै उत्साही छन् । गिन्नीको डेलिभरीपछि उनी धेरै भन्दा धेरै समय पत्नीको साथमा रहन चाहन्छन् । त्यसका लागि उनी अहिले तयारीमा जुटेका छन् । त्यो समयका लागि उनले अहिले नै आफ्नो कार्यक्रममो सुटिङ धमाधम गरिरहेका छन् ।

आगामी दिनको कार्यक्रमका लागि कपिल अक्षयकुमार, रितेश देशमु, कृति सेनन, गोबिन्दा, मौनी राय, राजकुमार राव, तापसी पन्नू र भूमि पेडनेकरका साथ सुटिङ गर्दै छन् ।

त्यसो त चर्चित कमेडियन कपिल शर्माकी श्रीमती गिन्नी चतरथको बेबी शावर सेरेमनी भइसकेको छ। उक्त सेरेमनीका केही तस्वीर समाजिक संजालमा भाइरल भइरहेका छन्। उता, बेबी शावरमा पुगेकी भारती सिंहले पनि समारोहको इनसाइड फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छन्।

गत आइतबार साँझ भएको गिन्नीको बेबी शावरमा भारती सिंह, माही, विज, कश्मिरा शाह, कृष्णा अभिषेक, कीकू शादरा उपस्थित थिए। उनीहरुले त्यहाँ बोटलमा दूध पिउने फनी टास्क गर्दै गरेको देखिएको थियो।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : ४३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग