विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ « Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् ।

जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।

उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।

जनकपुर विमानस्थलमा तोडफोडमा उत्रिएका साह विरुद्ध प्रहरीको उजुरी परेको थियो । सोमबार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

साहले विमानस्थलमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुसामा उजुरी दर्ता गराएको हो ।

विमानस्थल कार्यालयमा तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत उनीमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : २८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट