पारसले सुनाए नयाँ कप्तानको नाम ! « Khabarhub

पारसले सुनाए नयाँ कप्तानको नाम !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट पारस खड्काले राजीनामा दिएपछि नेपाली टोलीको नयाँ कप्तानबारे बहस शुरु भएको छ ।

नेपाली क्रिकेटका समर्थकहरु नयाँ कप्तानका विषयमा सामाजिक सञ्जालमा बहस गरिरहेका छन् भने सम्बन्धित क्षेत्रका विज्ञले पनि यसबारे बहस गरिरहेका छन् । केहीले पारस पुन फर्किने आशा गरिरहेका छन् ।

नेपाली क्रिकेटको नियामक निकाय क्यानका नवनिर्वाचित पदाधिकारीले त पारसको राजीनामा आधिकारीक रुपमा नआएको भन्दै उनको राजीनामा फिर्ता हुने आशा पनि व्यक्त गरिरहेका छन् । तर पारसले राजीनामा घोषणा गरेपछि आयोजित एक कार्यक्रममा आफ्नो राजीनामा कुनै हालतमा पनि फिर्ता नहुँने बताइसकेका छन् ।

यति मात्र होइन पारसले केही समय थकाइ मार्नेसमेत भनेका छन् । यसको अर्थ पारस अब राष्ट्रिय टोलीबाट बिदा हुँदैछन् भन्ने प्रश्न उब्जिएको छ ।

आफूले कप्तानी छोडेपछि राष्ट्रिय टोलीको कप्तानी अब ज्ञानेन्द्र मल्लमा सर्ने पारसको भनाइ छ । उनले भने,’अबको एक बर्ष उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् ।’

‘अबको एक बर्ष ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्छन् । अहिले टोलीको सिनियर खेलाडीका हिसाबले पनि उनले टोली सम्हाल्नेछन्,’ खड्काले भने,‘म खेलाडी भएर मैदानमा मल्लको नेतृत्वमा खेल्न तयार छुँ ।’

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीबाट सशर्त निलम्बन फुकुवा भएको भोलि पल्ट नै राजीनामा घोषणा गरेका खड्काले क्यान नेतृत्वलाई आगामी यात्राका लागि शुभकामना समेत दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : १६ बजे

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी