जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै | Khabarhub Khabarhub

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर जिल्लाको जावलाखेल मैदानमा चार दिने १३औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

नेपालमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको सो मेला कात्तिक १ देखि ४ सम्म सञ्चालन हुने भएको छ ।

मेलाको उद्देश्य पुष्प व्यवसायीलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउनु रहेको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ शुरु हुन गइरहेको सो प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित गरी कूल ४९ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले जानकारी दिए ।

नजिक आइरहेको तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा फूलका बिरुवाको प्रदर्शनी तथा बिक्री वितरण गरिने भएको छ ।

गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने भएको छ । प्रतिस्पर्धामा बाहिर देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करीब १६ नयाँ प्रजातिको गोदावरी फूलकोसमेत प्रदर्शनीमा समावेश गरिने भएको छ । मेलामा रु ५० लाखको कारोबार हुने अनुमान गरिएको छ ।

नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु २० करोडको फूल आयात गरेको थियो । गत वर्ष तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएका थिए ।

फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।

करीब ८०० फूल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने यसबाट ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : २५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम