१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली « Khabarhub

१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौल फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलले काम नगर्ने भएको हो ।

शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलमा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताए ।

गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो ।

यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर गर्‍यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताए । तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन ।

उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो । अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ ।

आमाको दुवै मिर्गौल फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् ।

विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन् । एक/एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताए ।

चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ ।

डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उहाँका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । तर मिर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन् । शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन् । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राण धानिएको सविताले बताए ।

‘यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौँ, १३ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु’, सबिताले भने, ‘जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो ।’

आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाए । विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएकी छन् । उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन् ।

विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहनुभएको छ । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सविताले बताए । देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकि छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ८ : ५४ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच