उद्धार गरिएका बाल मजदूरमा मानसिक समस्या « Khabarhub

उद्धार गरिएका बाल मजदूरमा मानसिक समस्या


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्धार गरिएका बाल मजदूरमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले गरेको अध्ययनमा सो तथ्य फेला पारेको हो ।

बाल मजदूरलाई उद्धार गरी पुनःर्स्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठवटा संस्थाका १०३ बालबालिका माथि सो अध्ययन गरिएको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा त्रिचन्द्र क्याम्पसको मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माले त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुर्व्यवहार भोगेको पाइएको बताए । उनले भने ‘ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ।’

उद्धार गरिएकामध्ये ६२ प्रतिशत बालबालिकाले तीनभन्दा बढी प्रकारका दुर्व्यवहार भोगेको अध्ययनले देखाएको छ । त्यस्ता बालबालिकाले शारीरिक, यौन, भावनात्मक, वेवास्ता लगायतका दुव्र्यवहार भोग्नुपरेको थियो । अध्ययनमा १२ देखि १८ वर्ष उमेर समूहलाई सहभागी गराइएको थियो ।

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक सन्देश ढकालले अध्ययनले ९.७ प्रतिशतमा सधैभरि डर लाग्ने लक्षण, २७.२ प्रतिशतमा नजिकका व्यक्तिसँग छुट्टिनुपर्ने डर, २५.२ प्रतिशतमा आत्तिने डर देखिएको जानकारी दिए ।

उनले उद्धार गरिएकामध्ये ६.८ प्रतिशत बालबालिकामा कडा खालको डिप्रेसन र १२.६ प्रतिशतमा कम खालको डिप्रेसन समेत देखिएको बताए ।

‘यस्ता मानसिक समस्या पालेर बस्दा त्यसले डरलाग्दो रुप लिन सक्दछ । त्यसैले जतिछिटो उनीहरुको समस्या पहिचान गरी उपचार गर्नै पर्दछ’ उनले भने, ‘केही बालबालिकामा कम्प्युटरमा आधारित विधि प्रयोग गरेर उपचार सुरु गरेका छौँ । त्यो विधि सफल भएमा अन्य बालबालिकालाई पनि काम लाग्न सक्दछ।’

किङ्गस कलेज लण्डनका सहप्राध्यापक जेनिफर एफ लाउले भारत र नेपालका बाल मजदुरमाथि गरिने दुव्र्यवहार समान रहेको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर