मधुमेहले यसरी पुर्‍याउछ आँखामा असर « Khabarhub

मधुमेहले यसरी पुर्‍याउछ आँखामा असर


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् । हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नु पर्ने हुन्छ ।

मधुमेहका कारण आँखामा पर्ने असरलाई चिकित्सकहरुले डायवेटिक रेटिनेप्याथी भन्ने गर्छन् ।

डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।

मधुमेहि विरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ ।

आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोप्याथी” सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोप्याथी दिवस” मनाउदै आएको छ । मधुमेह रोगको पहिचान हुनासाथ आँखा डाक्टरको सल्लाह अनुसर नियमित रुपमा आँखा परिक्षण प्रतिष्ठानका चिकित्सकको सुझाव ।

मधुमेहको कारण आँखामा हुने असरललाई रोक्न मधुमेह नै नियन्त्रण गर्नुपर्ने हुन्छ ।

मधुमेहको लक्षण

-खाना रुचेर पनि तौल घटदै जाने,

-पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने,

-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने,

-भोक बढी लाग्ने तर दुव्लाउदै जाने,

-कमजोरी हुने र खुट्टाहरु झम्झमाउने,

-खुट्टाहरु पोल्ने,

-पिसावमा कमिलाहरु देखिने,

-घाउहरु छिटो निको नहुने,

कसरी बच्ने
-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने,

-मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने,

-सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, -आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ,

-व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने,

– दिनमा कम्तिमा आधा घण्टा हिड्ने,

–आँखा मुटु, मिर्गौला लगायतका अंगहरु वर्ष एकपटक परीक्षण गर्ने ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ३८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा