बालबालिकालाई मोबाइल र टिभीबाट यसरी गर्नुस् सुरक्षित « Khabarhub

बालबालिकालाई मोबाइल र टिभीबाट यसरी गर्नुस् सुरक्षित


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन् ।

बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित छैन । उनीहरूले प्रविधि कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन पनि भनेका छन् ।

किशोर उमेरकी मोली रसेलको आत्महत्याको एक कारकको रूपमा उनको इन्स्टाग्रामका हानिकारक सामग्रीसम्मको पहुँचलाई मानिएको छ । उनको बुवाले इन्स्टाग्रामले आफ्नो छोरीलाई मार्न सहयोग गराएको बताएका बीबीसीले जनाएको छ ।

ब्रिटेनको प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक साली डेभिसले उक्त घटनालाई दुखान्त भन्दै केही बालबालिका अनुचित सामग्रीसम्म पुगिरहेको स्पष्ट भएको बताएकी थिइन्।

उनले बालबालिकाहरूलाई सुरक्षित राख्नु सामाजिक सञ्जाल कम्पनीहरूको कर्तव्य भएको भन्दै उनीहरूले उमेर प्रमाणित गरेर मात्रै चलाउन पाउने प्रविधि निर्माण गर्नुपर्ने बताएकी छिन् ।

तर उनले मोबाइल र टिभीका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा कस्ता प्रतिकूल असर पर्नेसम्बन्धमा स्पष्ट निचोड नभएको बताएकी छिन्।

उनले डिजिटल प्रविधि सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न सहयोगी हुनसक्ने पनि बताइन् ।

बालबालिकालाई सुरक्षित र स्वस्थ राख्न अभिभावकले गर्नसक्ने केही स्पष्ट कदमहरू छन्।

ती हुन्:

खाना खाने टेबुलमा मोबाइल फोन वर्जित गर्ने – परिवारसँगको कुराकानी बालबालिकाको विकासका लागि महत्त्वपूर्ण हुन्छ।

शयनकक्षबाट मोबाइल र टिभी टाढा राख्ने

परिवारमा इन्टरनेटका जोखिमहरू र बालबालिकाले समस्या परेमा के गर्ने भनेर छलफल गर्ने

सडक काट्दा वा सवारी हाँक्दा मोबाइल फोन प्रयोग नगर्ने

दुई घन्टाभन्दा लामो समय मोबाइल वा टिभी लगातार प्रयोग नगर्ने

अभिभावकले आफ्नो प्रयोग पनि नियन्त्रण गर्ने – अभिभावकले बालबालिकालाई समय दिनु आवश्यक हुन्छ ।

अभिभावकले बालबालिकासँग भएको बेलामा आफूले मोबाइल प्रयोग नगरी बालबालिकासँग खेल्ने लगायतका काम गर्ने ।

मोबाइल र टिभीको सट्टा पुस्तक र अन्य रमाइला पाठ्यपुस्तक वा खेलकुदका सामाग्रीहरुको यथेष्ट व्यवस्था गर्ने

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १२ : ३८ बजे

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो