भलिबल विजेता महिला टोलीलाई जनही तीन लाख दिने घोषणा « Khabarhub

भलिबल विजेता महिला टोलीलाई जनही तीन लाख दिने घोषणा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

ऐतिहासिक जित हासिल गरेका महिला टोलीलाई सम्मान सहित जनही तीन लाख दिने घोषणा भएको राखेपका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो । स्वदेश फर्किने क्रममा महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको थियो ।

खेलाडीलाई स्वागत गर्न पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए ।

गत बिहीबार भएको फाइनलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल भएको थियो । नेपाली महिला टोली एभिसीमा अपराजित रहँदै उपाधि हात पार्न सफल भएको हो ।

यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक जितेको थियो भने दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य जितेको छ ।

विजेता टोलीले टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ०२ बजे

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन