स्याङ्जालीको घरमा झापाली विद्यार्थी कोठा भाडामा बसेको थियो । स्याङ्जालीको किचनसँगै झापालीको कोठा थियो ।
झापाली भात मात्र पकाउँथ्यो तरकारी पकाउँदैन थियो, उसले जब स्याङ्जालीले पकाएको तरकारीको ‘बासना’ आउँथ्यो तब त्यही बासना सँग भात खान्थ्यो । एकदिन स्याङ्जालीले सबै कुरा थाहा पायो र झापाली सँग आफ्नो तरकारीको मूल्य माग्यो ।
स्याङ्जाली – भाइ तिमीले त मेरो तरकारीको ‘बासना’ सबै खाइरहेको रहेछौ अहिले सम्मको सबै मूल्य तिर । नत्र म तिमी विरुद्ध प्रहरीमा उजुरी गर्छु ।
झापाली – निराष हुँदै । हुन्छ भोलि सम्म कुर्नुहोला म व्यवस्था गर्छु ।
भोलिपल्ट
स्याङ्जाली – खोई मेरो ‘बासना’को मूल्य ?
झापाली – एकपोका सिक्का बोकेर स्याङजालीको छेउमा जान्छ अनि छन्द्र्याङ्ग सिक्का बजाउँदै भन्छ ल सुन्नुस् तपाईंको ‘बासना’को मूल्य
स्याङ्जाली – सिक्काको आवजले पनि मूल्य तिरिन्छ ?
झापाली – तरकारी पकाएको ‘बासना’को पनि कतै मुल्य पर्छ ?
स्याङ्जाली – ट्वाँ
प्रतिक्रिया