भ्रमण वर्षलाई सफल बनाउने अवैतनिक वाणिज्यदूतहरुको प्रतिवद्धता « Khabarhub

भ्रमण वर्षलाई सफल बनाउने अवैतनिक वाणिज्यदूतहरुको प्रतिवद्धता


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसीएसी) को एशिया तथा प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

विभिन्न १८ देशका ७६ जना अवैतनिक वाणिज्यदूतहरु सहभागी सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, वातावरणीय प्रदूषण घटाउने, विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने तथा विभिन्न देशका सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नेजस्ता विषयमा छलफल भएको थियो ।

यी विषयहरुमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको तथा नेपाल भ्रमण वर्षका बारेमा भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले जानकारी गराइएको वाणिज्यदूतहरूको विश्व सङ्गठनका पूर्व डिन तथा नेपालस्थित लक्जम्वर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले जानकारी दिए ।

तीन दिने उक्त सम्मेलनको आज चन्द्रागिरिमा समापन गर्दै उनीहरुले नेपालले आगामी वर्ष ‘नेपाल भ्रमण वर्ष’ को कार्यक्रम राखेकाले उक्त कार्यक्रमलाई आआफ्नो देशमा प्रचार र प्रवर्द्धन गर्ने बताए ।

सो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित इन्डोनेसियाली अवैतनिक वाणिज्यदूत एवं चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन र प्राकृतिक सम्पदामा नेपाल धनी रहेको प्रसङ्ग उल्लेख गर्दै यस कुराको सन्देश विश्वमा लैजान उनीहरुलाई आग्रह गरे ।

नेपालमा स्वदेशी एवं वैदेशिक लगानीको वातावरण बन्दै गएकाले पर्यटन, जलविद्युत्, सेवा क्षेत्र, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा लगानीका धेरै सम्भावना रहेको सन्देश आआफ्नो देशमा लैजान पनि आग्रह गरे ।

यसअघि बिहीबार उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेट गरेका थिए । त्यस भेटका क्रममा राष्ट्रपति भण्डारीले अवैतनिक वाणिज्यदूतहरू नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गरेको (एचसीसीएन) डिन प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : १३ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन