देशको भूमि जोगाउन सरकार जाग्नुपर्छः कांग्रेस नेता पौडेल « Khabarhub

देशको भूमि जोगाउन सरकार जाग्नुपर्छः कांग्रेस नेता पौडेल


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताएका छन् ।

आज इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग जोगाउन चाँडो पहल शुरु गर्नुपर्ने उल्लेख गरे।

“हामीले अन्तर दलीय छलफलमा पनि भनेका छौँ, सरकारले प्रत्यक्ष रूपमा छलफल गर्नुपर्छ भनेर”, उनले भने, “देशको सबै सीमा क्षेत्रमा सीमा समस्या छ । त्यसका बारेमा पनि सरकारले आधिकारिक धारणा राख्नुपर्छ ।”

उनले सांस्कृतिक, पहिचानको धनी भएकाले सीमा समस्या हटाउन नेपाली सबै एक जुट भएर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : १५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका