इमर्जिङ टिम्स कप– नेपालद्वारा हङकङ पराजित « Khabarhub

इमर्जिङ टिम्स कप– नेपालद्वारा हङकङ पराजित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित हात पारेको छ ।

हङकङले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ ‍४५.५ ओभरमा १७७ रनमै अलआउट भयो ।

हङकङको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका तीव्र गतिका बलरद्वय अभिनास बोहरा र करण केसीले ३–३ विकेट लिए । सुसन भारीको नाममा २ विकेट रह्यो ।

नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट व्याटिङ गर्दै अर्धशतक पूरा गरे। १ सय ३९ बलको सामना गरेको शरदले नौ चौकाको मद्दतमा ८९ रन बनाए।

यस्तै आरिफ शेखले ४२, दिपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५ रन जोडे।

नेपाललाई मध्यम स्कोरमा समेट्न हङकङका अजिज खानले तीन तथा नस्रुल्लाह राना र एहसान खानले दुई–दुई विकेट लिएका थिए ।

२ सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको हङकङले ४५ ओभर पाँच बलमा अलआउट हुँदै १ सय ७७ रन मात्रै जोड्न सक्यो । ब्याटिङमा हङकङका किन्चित ५३ रन र इशान नवाजले ४४ रनको योगदान दिए ।

यसअघि आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : २६ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता