एनआइसी एसिया बैंकले गर्‍यो पहिलो त्रैमासिकमा झण्डै २ अर्ब मुनाफा « Khabarhub

एनआइसी एसिया बैंकले गर्‍यो पहिलो त्रैमासिकमा झण्डै २ अर्ब मुनाफा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नीजि क्षेत्रको सबैभन्दा आक्रामक बैकिङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्ब ९६ लाख रुपैयाँ नाफा गरेको छ ।

पहिलो त्रैमासमा अर्ब भन्दा धेरै नाफा गर्ने नीजि क्षेत्रको दोस्रो बैंकको रुपमा देखिएको एनआइसी एसिया बैंकको वितारण योग्य नाफा भने ४४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक विवरणअनुसार एक अर्ब ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्ले आर्थिक वर्षमा ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको बैकको यसवर्ष ३४.१४ प्रतिशतले नाफा बढाएको हो ।

बैकका अनुसार गत असोजसम्ममा बैंकमा १ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप रहेको छ भने १ खर्ब ५८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको जनाएको छ ।

बैंकको खुद ब्याज आम्दानी करिब २ करोडले घटेको देखिएको छ । ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

गत असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ९.५१ प्रतिशत कायम भएको छ । अघिल्ल्ओ आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको आधार ब्याजदर १०.७७ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ४६ बजे

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक

युक्रेनसहित नयाँ सदस्य राष्ट्रसँग ईयूको सदस्यता वार्ता दोस्रो चरणमा

ब्रसेल्स – युरोपियन युनियन (ईयू) ले युक्रेनसहित सदस्यता लिन इच्छुक राष्ट्रहरूसँग

राजधानीका सुकुम्वासीले पाउने छैनन् काठमाडौंमै जग्गा 

काठमाडौंका नदी किनारबाट विस्थापित गराइएका नागरिकलाई सरकारले निजको सम्बन्धित जिल्लामा

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०