बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष « Khabarhub

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्न निकै ठूलो हिम्मत चाहिन्छ । सत्तारूढ दलका कार्यकर्ता र साइबर सेनाहरू कमेन्टमा आएर ‘बुली’ गर्न थालिहाल्छन् ।

वालेन्द्र शाहले सरकारको नेतृत्व गरेको एक सय दिन भइसकेको छ । तर जनताले चाहेअनुसार गतिलो परिणाम दिने लक्षण नदेखिएपछि साइबर बुलिङको सामना गर्ने हिम्मत लिएरै कलाकारहरू बोल्न थालेका छन् ।

समाचार संस्था, नेता र व्यापारिक मलको गेटमा शंकास्पद गाडी पार्किङ गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीका आसेपासे संलग्न भएको पाइएपछि कलाकारहरूले मौनता तोडेका छन् ।

नायिका केकी अधिकारीले ‘स्टन्ट गरेर देश बन्दैन’ भनेर सरकारको विरोध गर्दा साइबर बुलिङ खेप्नु परेको छ ।

अर्का कलाकार तथा निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री खरो टिप्पणी दिएका छन् । गाडी पार्किङको विषयलाई उनले ‘सबैभन्दा तल्लो स्तरको स्टन्ट’ भनेका छन् ।

उनले न्यूरोड क्षेत्रमा अस्तव्यस्त पार्किङ देखाउने र गेटआडिको पार्किङ गराउने काम राज्यबाटै भएको बुझाइ राखेका छन् ।
भण्डारीले सरकारको एक सय दिनको उपलब्धि के हो ? भनेर जवाफ मागेका छन् ।

यस अवधिमा सरकारले शिक्षा, स्वास्थ र रोजगारीमा के गर्यो भन्ने उनको मुख्य प्रश्न छ ।

‘आत्मदाह बढ्नुको कारण के हो रु व्यापारीको भागाभाग हुनुको कारण के हो रु विपक्षीलाई भौतिक आक्रमणको धम्की किन रु ’ भन्ने प्रश्नको उनले सरकारसँग जवाफ मागेका छन् ।

कलाकार र मिडियाले सरकारको गुनगान गाउने काम नगर्ने उनको सम्झाएका छन् । ठूलो आशाले दिएको मत सरकारको बचपनापूर्ण स्टन्टमा खर्च भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ३ : ५६ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा