पीपीएल क्रिकेटः आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा काठमाडौं « Khabarhub

पीपीएल क्रिकेटः आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा काठमाडौं


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरमा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने पहिलो खेल बिहान ९ बजेबाट हुनेछ । प्रदीप ऐरीको कप्तानीमा रहेको बिराटनगर  र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको  धनगढीले गत संस्करणको पीपीएलमा लिग चरणमा खेलेका थिए । जसमा धनगडीले बिराटनगरलाई ७८ रनले पराजित गरेको थियो ।

यस्तै, दिउँसो पौने १ बजे हुने खेलमा बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन्ससंग खेल्नेछ । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनसँग पराजित काठमाडौँले दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको लक्ष्य लिएको छ ।

यस्तै, बुटवल समेत सुखद सुरुवातको लक्ष्यमा रहेको छ । बुटवलको कप्तानी सोमपाल कामीले गर्नेछन् भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

गत संस्करणको लिग चरणको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ११ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई