पीपीएल क्रिकेटः आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा काठमाडौं « Khabarhub

पीपीएल क्रिकेटः आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा काठमाडौं


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरमा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने पहिलो खेल बिहान ९ बजेबाट हुनेछ । प्रदीप ऐरीको कप्तानीमा रहेको बिराटनगर  र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको  धनगढीले गत संस्करणको पीपीएलमा लिग चरणमा खेलेका थिए । जसमा धनगडीले बिराटनगरलाई ७८ रनले पराजित गरेको थियो ।

यस्तै, दिउँसो पौने १ बजे हुने खेलमा बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन्ससंग खेल्नेछ । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनसँग पराजित काठमाडौँले दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको लक्ष्य लिएको छ ।

यस्तै, बुटवल समेत सुखद सुरुवातको लक्ष्यमा रहेको छ । बुटवलको कप्तानी सोमपाल कामीले गर्नेछन् भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

गत संस्करणको लिग चरणको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ११ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं