हारबाट जोगियो रियल मड्रिड « Khabarhub

हारबाट जोगियो रियल मड्रिड


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस लिग फुटबलमा रियल मड्रिड हारबाट जोगिएको छ ।

करिम बेन्जिमाको गोलमा रियल मड्रिड हारबाट जोगिएको हो । आइतवार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले अन्तिम समयमा गोल गर्दै रियलका लागि अंक खोसेका थिए ।

उनले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे ।

खेलमा अग्रता घरेलु टोली भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट लिएको थियो ।

बराबरीको नतिजासंगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

समान अंक भएपनि रियल मड्रिड बार्सिलोनासंग गोल अन्तरका आधारमा पछाडि परेको छ । बार्सिलोना ३५ अंक सहित शीर्ष स्थानमा छ । रियल बराबर अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

भ्यालेन्सिया २७ अंक सहित तालिकाको आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : २१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका