हारबाट जोगियो रियल मड्रिड | Khabarhub Khabarhub

हारबाट जोगियो रियल मड्रिड


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस लिग फुटबलमा रियल मड्रिड हारबाट जोगिएको छ ।

करिम बेन्जिमाको गोलमा रियल मड्रिड हारबाट जोगिएको हो । आइतवार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले अन्तिम समयमा गोल गर्दै रियलका लागि अंक खोसेका थिए ।

उनले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे ।

खेलमा अग्रता घरेलु टोली भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट लिएको थियो ।

बराबरीको नतिजासंगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

समान अंक भएपनि रियल मड्रिड बार्सिलोनासंग गोल अन्तरका आधारमा पछाडि परेको छ । बार्सिलोना ३५ अंक सहित शीर्ष स्थानमा छ । रियल बराबर अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

भ्यालेन्सिया २७ अंक सहित तालिकाको आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : २१ बजे

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका