धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु फेला « Khabarhub

धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु फेला


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–धुनषामा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएको थियो । त्यसपछि पनि जनकपुरको विभिन्न स्थानमा बम भेटिभएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति शंकास्पद बस्तु फेला परेपछि सोमबार(आज) बिहान सेनाको टोलीले निष्कृय पारेको छ ।

संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो छेउमा आइतबार राति ९ बजे शंकास्पद बस्तु भेटिएको थियो । जसलाई सेनाको टोलिले केहीबेर अघि मात्र निष्कृय पारेको छ । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालिर राखिएको थियो ।

उक्त बम डिस्पोज गरेसँगै अर्को शंकास्पद वस्तु पनि फेला परेको छ ।

प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व बाह्रबिघास्थित सरस्वती उच्च माध्यामिक विद्यालय नजिक सडकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसबारे अनुसन्धान गरिरहेका छन् । उक्त शंकास्पद बस्तु डिस्पोजको तयारी गरिएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगर बजार स्थित राजेश साहको घरको गेटमा राखेको बम शुक्रबार राति विस्फोट हुँदा प्रहरीका निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालसहित तीन जनाको ज्यान गएको थयो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाँका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : १६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका