मकलमा कोइला बालेर सुतेका आमा–छोरीको मृत्यु « Khabarhub

मकलमा कोइला बालेर सुतेका आमा–छोरीको मृत्यु


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडोको समयमा कोठा न्यायानै बनाउनका लागि मकलमा आगो (कोइला) बालेर सुतेका आमा–छोरी मृत फेला परेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी मृतअवस्थामा फेला परेका महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका थिए । बिहान छोरीलाई तेल लगाउनका लागि भन्दै श्रीमती शर्मिलालाई उठाउन खोज्दा नउठेपछि नवराजले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताए ।

डिएसपी कामतीका अनुसार आमा–छोरीको मृत्युको कारण पत्ता लगाउन चिकित्सकसहित प्राविधि प्रहरीको टोली कीर्तिपुर पुगेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ५६ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं