घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक पर्ने कागजात उपलब्ध गराइदिने बहानामा लिएको ५ लाख घुससहित अख्तियारले मण्डललाई पक्राउ गरेको थियो ।

घुस लिँदा लिँदै पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान पछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले मण्डलविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै