महिला सशक्तिकरणमा सहकार्य गर्न अष्ट्रेलिया र स्वीजरल्याण्ड इच्छुक « Khabarhub

महिला सशक्तिकरणमा सहकार्य गर्न अष्ट्रेलिया र स्वीजरल्याण्ड इच्छुक


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र अष्ट्रेलिया तथा स्वीजरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बड र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लेरले मन्त्री गुरुङसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।

शिष्टाचार भेटवार्ता नेपाल तथा अष्ट्रलिया र स्वीजरल्याण्डका द्वीपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

राजदूतद्वयसँग शिष्टाचार भेटवार्तामा मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पका लागि सहयोग गर्न आग्रह गरेको थिए ।

राजदूतसँगको भेटवातामा मन्त्री गुरुङले मित्र राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । उनले अष्ट्रेलिया र स्वीजरल्याण्डले नेपालको पूर्वाधार विकास, सामूदायिक वन र सामूदायिक विकास एवम् लघु उद्यमशीलता विकासजस्ता क्षेत्रमा लामो सहकार्यका साथ काम गरेको चर्चा गर्दै दुवै मुलुकले नेपालको दीगो विकास र महिलाको सशक्तिकरणमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

राजदूतद्वय बड र क्याप्लेरले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उत्थानका लागि नेपालसँगै सहकार्यका साथ काम गर्न आफ्नो मुलुक तत्पर रहेको बताएका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ४३ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का