'होण्डा ह्वील अफ फर्चुन'का विजेतालाई पुरस्कार प्रदान | Khabarhub Khabarhub

‘होण्डा ह्वील अफ फर्चुन’का विजेतालाई पुरस्कार प्रदान


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डा ह्वील अफ फर्चुन ३” का विजेताहरुलाई प्रदान गरेको छ ।

सोमवार लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई ह्वील अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले रु.४ लाख, आयुष महर्जनले रु.३ लाख, गंगा गुरुङले २ लाख, त्यसै गरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनार ले रु.१ लाख नगद पुरस्कार पाएका छन् ।

यसका साथै, मोरङका तोयानाथ गौतम र धनगढीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निशुल्क थाईल्याण्ड भ्रमण जितेका छन् । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निशुल्क दुबई भ्रमणको अवसर प्राप्त गरेका छन् ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनीले होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ५५ बजे

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्