विप्लवलाई वार्तामा आउन कांग्रेस सभापतिको आग्रह « Khabarhub

विप्लवलाई वार्तामा आउन कांग्रेस सभापतिको आग्रह


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै नेताहरुले विप्लव समूहमाथि लगाएको प्रतिबन्धका विषयमा बेग्लाबेग्लै टिप्पणी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले सरकारको कदम उचित भएको बताएका थिए ।

आज (शनिबार) पाल्पा पुगेका उनले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन सरकारले पनि पहल गर्नुपर्ने बताएका हुन्।

प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले अब देशमा हिंसात्मक गतिविधि मच्चाउन नहुने भन्दै त्यसको समाधानका लागि सरकारले पहलकदमी अघि बढाउनुपर्ने बताए ।

अर्को प्रसंगमा देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताएका छन् । उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए ।

नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको कांग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए । नेपाली कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले संविधानमा भएको व्यवस्था आफूहरुले मान्ने बताए ।

सरकारको कामसँग आफू सन्तुष्ट नरहेको पनि उनले बताए । सरकारले एक वर्षको अवधिमा राम्राकाम गर्न नसकेको देउवाको ठहर छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ११ : ०० बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ