इथियोपियन विमान दुर्घटना– १ सय ५७ शवको डीएनए परीक्षण गर्न ६ महिना लाग्ने ! « Khabarhub

इथियोपियन विमान दुर्घटना– १ सय ५७ शवको डीएनए परीक्षण गर्न ६ महिना लाग्ने !


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१ सय ५७ जनाको ज्यान जानेगरी गत आइतबार इथियोपियन एयरको विमान दुर्घटनामा मारिएका मृतकको डीएनए परीक्षण गर्न ६ महिनासम्म लाग्नसक्ने भएको छ ।

इथियोपियन एअरलाइन्सका अनुसार डीएनए परीक्षण गरी मृतकको आफन्तलाई वास्तविक शव बुझाउन ६ महिनासम्म लाग्नसक्ने जनाएको हो । यद्यपि मृतकका आफन्तलाई तत्कालै अन्तिम संस्कार गर्नका लागि विमान दुर्घटना भएको स्थानको माटो बुझाइएको बताइएको छ ।

मृतकको शव क्षत विक्षत अवस्थामा रहेकाले शव परीक्षणका लागि समय लाग्ने भएको हो ।

हरेक मृतकका परिवारलाई एक किलोग्राम दुर्घटनास्थलको माटो दिइएको र उनीहरुको मृत्युदर्ता प्रमाणपत्र दुई साताभित्र उपलब्ध गराइनेछ ।

मृतकको आइतबार इथियोपियाको राजधानी आदिस अबाबामा रहेको किडिष्ट सेलासी चर्चमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

त्यस्तै मृतकका आफन्तलाई अन्तिम संस्कारका लागि तत्कालै आवश्यक पर्ने खर्च पनि उपलब्ध गराइनेछ ।

यद्यपि मृतकका आफन्तहरु भने शव बुझ्न व्यग्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो विमान दुर्घटनामा नेपाली युवतीको पनि मृत्यु भएको थियो । डब्ल्यूएफपी इथियोपियाकी कर्मचारीसमेत रहेकी एकता अधिकारीको घर गोरखा हो ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ४ : ३४ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको