सगरमाथा बारेको गलत सूचनाको ‘होर्डिङबोर्ड’ फेरियो « Khabarhub

सगरमाथा बारेको गलत सूचनाको ‘होर्डिङबोर्ड’ फेरियो


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा रहेको देश नेपाल र विश्वको सबै भन्दा होचो अर्थात समुन्द्री सतह भन्दा ४ सय २० मिटर तल रहेको डेड सी (मृतसागर) का कारण नेपाल र इजरायलले आफ्नो देशको परिचय विश्वसामू चिनाएका छन् । मृतसागर जोर्डन र इजरायलको बीच अनि प्यालेष्टायनको टेरिटरीमा अवस्थित छ ।

विश्वसामू नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरालयमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गरेका छन् । यसरी त्यो समुन्द्र हेर्न पुग्ने ती ४० लाख पर्यटकले यो भन्दा केही महिना अघिसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको सूचना प्राप्त गरेर फर्किन्थे । नेपाली नागरिक समेत मृतसागरको (मृतसागरको सँगै रहेको Kalia Beach कालिया बीच) समुन्द्री तटमा पुग्दा ‘वर्ल्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको सूचना पढेर फर्किन बाध्य हुन्थे । त्यो बोर्डमा झण्डा समेत चीनको राखिएको थियो । अहिले त्यो होर्डिङबोर्ड फेरिएको छ । फेरिएको होर्डिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख गरिएको छ र झण्डा नेपालको राखिएको छ ।

परिवर्तन गरिएको बोर्ड अहिले र पहिले

यो बोर्ड परिवर्तन गर्न इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले भूमिका खेलेकी छन् । आफूले ने मृतसागरमा रहेको बोर्डमा सर्वोच्च बारेको गलत सूचना देखेपछि यसलाई परिवर्तन गर्न लागि परेको शाक्यले बताइन । ‘सगरमाथाबारेको गतल सूचनाले मलाई दुःखी बनायो,’ राजदूत शाक्यले भनिन्, ‘त्यसपछि मैले सम्वन्धित निकायका कर्मचारीलाई तुरुन्त त्यो होर्डिङबोर्ड सच्याउन आग्रह गरेँ । निकै ठूलो प्रयासपछि विश्वको अग्लो शिखर सगरमाथा भएको देश नेपाल हो भनेर मृतसागर हेर्न आउने पर्यटकलाई चिनाउन सफल भएका छौँ । यसमा मलाई खुशी लागेको छ ।’

अब मृतसागर घुम्न जाने सबै पर्यटकले विश्वको सर्वोच्च शिखर सगरमाथा भनेर चीनको झण्डासहितको सूचनाको ठाउँमा नेपालको झण्डासहितको सूचना देख्ने जानकारी दिइन । यो बोर्ड सच्याउन इजरायल सरकारले गरेको सहयोगको पनि उनले प्रशंसा गरेकी छन् ।

शाक्यले राजदूतको कार्यभार सम्हालेपछि आफूले प्रतिवद्धता व्यक्त गरे अनुसारका धेरै प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो । उहाँले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन । इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्ने लगायतको पनि प्रक्रिया अघि बढेको उनले जानकारी दिइन ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ३० बजे

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको

मिसेस नेपालको आवेदन खुल्यो

काठमाडौं – विवाहित महिलाका लागि सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

काठमाडौं– नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले