स्मिथ र वार्नरको पुनरामगनमा कप्तान आरोन खुसी | Khabarhub Khabarhub

स्मिथ र वार्नरको पुनरामगनमा कप्तान आरोन खुसी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्ट्रेलियाका कप्तान आरोन फिन्चले पूर्व कप्तान स्टेभन स्मिथ र उप–कप्तान डेभिड वार्नरको पुनरागमनले टिम बलियो भएको प्रतिक्रिया दिएका छन् । उनले स्मिथ र वार्नरको आगमनले टोली अझै बलियो भएको बताउँदै विश्वकप क्रिकेटमा आत्मविश्वासका साथ मैदान उत्रिने पनि बताएका छन् । फिन्चले उनीहरु टिममा पर्दा आफु खुसी भएको पनि बताए ।

आईसीसीसँगको कुराकानीमा कप्तान फिन्चले अनुभवी खेलाडीको आगमनले टोलीको आत्मविश्वास बलियो रहेको बताए । अस्ट्रेलियाले सोमबार आईसीसी विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । जसमा विगत एक वर्षदेखि क्रिकेट अस्ट्रेलियाको प्रतिबन्धमा परेका खेलाडी स्मिथ र वार्नरको पुनरागमन भएको थियो ।

प्रतिबन्धका दौरान विभिन्न फ्रेन्चाईज लिग क्रिकेट खेले पनि स्मिथ र वार्नरका लागि पुनरागमन पछिको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता भने विश्वकप हो ।
‘मेरो बारेमा कुरा गर्ने हो भने पछिल्लो १ वर्षमा उनीहरु प्रतिबन्धमा रहँदा पनि मैले हरेक विषयमा उनीहरुसँग कुरा गर्ने गरेको छु,’ कप्तान फिन्चले भने,‘टिमका लागि आवश्यक खेलाडी हुन् । आवश्यक पर्दा जतिखेर पनि जस्तो सुकै चुनौति सामना गर्न तयार हुन्छन् । यो नै उनीहरुलाई टिममा पर्नुको मुख्य कारण हो ।’

फिन्चले अगाडि भने,‘उनीहरुलाई मैले जानेसम्म अहिलेसम्म कहिलै पनि कुनै खोट भेटेको छैन् । उनीहरु साच्चीकै महान खेलाडी हुन् । उनीहरुमा त्यस्तो कुनै समस्या देखेको छैन् ।’

फिन्चको नेतृत्वमा अस्ट्रेलियाले राम्रो शुरुवात गरेको छ । सीमित ओभरको कप्तानी आरोन फिच्नले पाउँदा टेष्ट क्रिकेटको कप्तनी टिम पाइनेले गरिरहेका छन् । त्यस्तै, मुख्य प्रशिक्षकको जिम्मेवारी जस्टीन लाङ्गरले गरिरहेका छन् ।

खेलाडी छनोट समितिका प्रमुख ट्रेभोर हर्नसले स्मिथ र वार्नरबाट क्रिकेट अस्ट्रेलियाले के अपेक्षा गरेको छ भन्ने विषयमा दुवै खेलाडी जानकार रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ५९ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन