पारिवारिक तनावमा हुनुहुन्छ ? यी हुन् समाधानका उपाय « Khabarhub

पारिवारिक तनावमा हुनुहुन्छ ? यी हुन् समाधानका उपाय


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनाव एक यस्तो मानसिक समस्या हो जसबाट आजभोलि धेरै मानिस प्रभावित भइरहेका छन् । कार्यालयदेखि लिएर घरसम्म कुनै न कुनै तनाव मानिसहरुलाई हुने गरेको छ ।

अफिसमा भोग्नपरिरहेको तनाव सहज रुपमा कम गर्न सकिन्छ । तर पारिवारिक तनाव एक यस्तो समस्या हो जसको व्यवस्थापन गर्न त्यति सजिलो छैन । अफिसको तनाव कामको चाप वा अन्य कारणले उत्पन्न हुने हुँदा त्यसलाई केही सहज रुपमा समाधान गर्न सकिन्छ । तर परिवारका कारण उत्पन्न भएको तनाव व्यक्तिलाई मानसिक रुपमा बिरामी बनाइदिन्छ ।

पारिवारिक तनावका कारण व्यक्ति समस्यामा परिरहेको हुन्छ । तर यसलाई सही व्यवस्थापन गर्न सकियो भने ठूलो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।

के हो पारिवारिक तनाव ?

पारिवारिक तनाव उत्पन्न हुनुको प्रमुख कारण परिवारका सदस्यबीचको लडाई–झगडा र सम्बन्धमा आएको तिक्तता हो । जो सामान्यता विवाहपछि उत्पन्न हुने गरेको छ ।

नेपाली समाजमा संयुक्त परिवारको परिपाटी रहेको छ । जुन धेरै पक्षका लागि सकारात्मक विषय हो । तर कहिलेकाही पारिवारिक बेमेलका कारण समस्या उत्पन्न हुन्छन् र मानिसमा त्यसले नराम्रोसँग असर पारिरहेको हुन्छ ।

विवाहपछि व्यक्तिमाथि नयाँ नयाँ पारिवारिक उल्झनहरु आउन थाल्छन् । जसलाई सही व्यवस्थापन गर्न सकियो भने परिवार सही ढंगमा चल्छ भने व्यक्ति स्वयंलाई पनि तनावका कारण पर्ने समस्या समाधान गर्न सकिन्छ ।

विवाहपछि व्यक्तिलाई नयाँ जिम्मेवारीको दबाव आउँछ । हरेकलाई खुशी राख्ने दबाव हुन्छ । पति पत्नीबीचको सम्बन्ध, बालबालिकाको हेरचाह, आमाबुवाको हेरचाह, नयाँ सम्बन्धहरुलाई ठिक स्थानमा राख्नुपर्ने दबाव आदी समस्या उत्पन्न हुन जान्छ । जसले तपाईको दिमागमा दबाव सिर्जना गर्छ र विस्तारै डिप्रेसनमा जाने खतरा बृद्धि हुन्छ । त्यसैले पारिवारिक समस्याहरुबाट भाग्ने नभइ त्यसलाई समाधान गर्नेतर्फ अघि बढ्न जरुरी छ ।

कसरी गर्ने कम ?

पारिवारिक तनाव भएको व्यक्ति तपाईं मात्र होइन । धेरैले यस्तो तनावको सामना गरिरहेका छन् । त्यसैले देखिएका समस्यालाई समाधान गर्ने तर्फ कदम अघि बढाउन जरुरी छ ।

पारिवारका सदस्यहरुसँग समस्याका बारेमा कुरा गर्ने बानीको विकास गर्नुहोस् । चुप लागेर वा रिसाएर समस्या समाधान हुँदैन बरु त्यसले तनावलाई अझ बढाउँदै लैजान्छ ।

जिम्मेवारीहरुलाई बोझको रुपमा लिने गर्नुभएको छ भने त्यसलाई सहज रुपमा लिने गर्नुहोस् । व्यक्तिले हरेक खालको जिम्मेवारी बहन गर्नुपर्छ र त्यसलाई त्यही रुपमा वा सहज रुपमा लिने गर्नुहोस् ।

कार्यालयमा तनाव भए तपाई कामबाट विदा हुने वा अर्को विकल्पको खोजी गर्न सक्नु हुन्छ तर परिवारको विकल्प अर्को हुन सक्दैन त्यसैले समाधानको विषयमा गम्भीर हुने गर्नुहोस् ।

पारिवारिक बेमेलको अवस्था आउनु अस्वभाविक होइन । कहिले आर्थिक कारणले त कहिले अन्य कारणले तनाव आउने गर्छ । त्यसकारण तपाईले परिवारका सदस्यहरुसँग खुलस्त कुरा गर्ने गर्नुहोस् वा समस्याहरुबारे प्रस्ट पार्नुहोस् ।

संयुक्त परिवार वा पति पत्नी, बुवा आमा, दाजूभाइ, बुहारी, भाउजु लगायतका परिवारका सदस्यहरुबीच पारिवारिक बैठकहरुको आयोजना गर्दा पारिवारिक समस्या समाधान गर्न सहज हुन्छ । समस्याहरुका बारेमा उक्त छलफलमा स्पस्ट कुरा राख्ने र समाधानको विषयमा पनि छलफल गर्दा पारिवारिक रुपमा हुने तनाव कम हुन जान्छ ।

सासू बुहारी, दाजूभाइ, देउरानी जेठानीबीच बेमेल हुँदा सामान्यतया नेपाली समाजमा पारिवारिक समस्या उत्पन्न हुने गरेका छन् ।
त्यसका लागि सम्बन्धित व्यक्तिलाई आफ्नो जिम्मेवारीबारे राम्रोसँग जानकारी गराउन सकिएको खण्डमा पनि पारिवारिक तनाव कम गर्न सहज हुन्छ ।

पत्नीले आफ्नो जिम्मेवारी र भूमिका, दाइ वा भाइले आफ्नो जिम्मेवारी र भूमिका, आमा बुवाले आफ्नो जिम्मेवारी र भूमिका वा अन्य परिवारका सदस्यले आफ्नो जिम्मेवारी र भूमिका सही रुपमा निभएमा पारिवारिक तनाब उत्पन्न हुने अवस्था बन्दैन । त्यसका लागि सबैले आफ्नो आफ्नो दायित्व, जिम्मेवारी र भूमिकालाई सही रुपमा निर्वाह गर्ने वातावरण परिवारमा बनाउन पहल गर्नु आवश्यक हुन्छ ।

परिवारले एक टीम जसरी काम गर्न आवश्यक छ । यसो गर्न सकियो भने परिवारका सबैमा हाँसी खुसीको वातावरण बन्छ ।

परिवारमा आनन्ददायक वातावरण हुनु जरुरी छ । त्यसका लागि बालबालिका लागि नियम अनुशासन र सीमाहरु हुन जरुरी छ भने आमाबुवा र अन्य सदस्यबीच पनि आत्मियता र खुल्लापन हुन जरुरी छ । कोहीकसैसँग डराउने वा नजिक नपर्ने अवस्था बन्नु हुँदैन । यसका लागि परिवारका सदस्यहरु बेलाबेलामा बाहिर घुम्न जाँने र सँगै समय विताउने काम गर्न जरुरी छ ।

व्यक्ति स्वयंलाई केही समस्या परेको खण्डमा परिवारका सदस्यहरुसँग ति समस्याहरुलाई राख्ने र त्यसको समाधानको उपाय खोज्ने कामम गर्न जरुरी छ ।

परिवारिक तनाव उत्पन्न भएको बेलामा कराएर होइन माया गरेर वा सम्झाएर समस्या समाधान गर्ने गर्नुपर्छ । केही गल्ती परिवारका सदस्यले गरिहालेको खण्डमा त्यसलाई ठूलो बनाउने भन्दा माफ गर्ने र गल्ती सुधार गर्ने मौका दिने तर्फ अघि बढ्न जरुरी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  २ : २३ बजे

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग