एभेन्जर: इन्डगेम- केही सुपरहिरोको हुनेछ मृत्यु, केहीले लिनेछन् अवकाश ! « Khabarhub

एभेन्जर: इन्डगेम- केही सुपरहिरोको हुनेछ मृत्यु, केहीले लिनेछन् अवकाश !


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अप्रैल २६ गतेबाट रिलिज हुने लागेको फिल्म ‘एभेन्जरः इन्डगेम’ को विश्वभर चर्चा छ । यो फिल्मको नेपालमा पनि निकै चर्चा छ । नेपाली दर्शकबीच फिल्मलाई लिएर ठूलो चासो छ ।

यसअघिका भाग हेरेका दर्शकले लामो समयदेखि फिल्मको बाँकी भागको प्रतीक्षा गरेका छन् । यता मार्भलले भने दर्शकलाई अलमल पार्न ट्रेलरमा पनि ट्वीस्ट ल्याएको छ । ट्रेलर हेरेर दर्शकले आ–आफ्नो फिल्ममा कस्तो कथा हुनेछ भन्नेमा आफैले अनुमान लगाएका छन् ।

फिल्म रिलिज हुन अझै दश दिन बाँकी रहे पनि कतिपय देशमा फिल्मको अग्रीम बुकिङ आक्रामक बनेको छ ।

सम्भवतः नेपालमा पनि यो फिल्मको अग्रीम बुकिङ खुल्नेछ । यतिबेला भने सोही सिरिजको फिल्म ‘क्याप्टेन मार्भल’ नेपालका मल्टिप्लेक्स हलमा रिलिज भइरहेको छ । यो फिल्म निकै ढिलो मात्र नेपालमा रिलिज गरिएको थियो ।

‘एभेन्जरः इन्डगेम’ को कथालाई लिएर विभिन्न अड्कल काट्न थालिएको छ । हालै फिल्मका केही कुरा बाहिरिएका छन् । यतिखेर हल्ला चलिरहेको छ कि, फिल्ममा केही सुपरहिरो मर्नेछन् र केही सुपरहिरोले अवकाश लिनेछन् ।

चर्चाका अनुसार ‘इन्डगेम’ मा आइरन म्यानको मृत्यु हुनेछ । तर, फ्यानले यो कुरामा विश्वास गरेका छैनन् । यस्तै यही भागबाट थोर र क्याप्टेन अमेरिकाले पनि एभेन्जर्सबाट रिटायरमेन्ट लिँदैछन् ।

यी कुरामा कत्तिको सत्यता छ, त्यसका लागि भने २६ अप्रिल कुर्नैपर्ने छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ४ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै