एभेन्जर: इन्डगेम- केही सुपरहिरोको हुनेछ मृत्यु, केहीले लिनेछन् अवकाश ! « Khabarhub

एभेन्जर: इन्डगेम- केही सुपरहिरोको हुनेछ मृत्यु, केहीले लिनेछन् अवकाश !


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अप्रैल २६ गतेबाट रिलिज हुने लागेको फिल्म ‘एभेन्जरः इन्डगेम’ को विश्वभर चर्चा छ । यो फिल्मको नेपालमा पनि निकै चर्चा छ । नेपाली दर्शकबीच फिल्मलाई लिएर ठूलो चासो छ ।

यसअघिका भाग हेरेका दर्शकले लामो समयदेखि फिल्मको बाँकी भागको प्रतीक्षा गरेका छन् । यता मार्भलले भने दर्शकलाई अलमल पार्न ट्रेलरमा पनि ट्वीस्ट ल्याएको छ । ट्रेलर हेरेर दर्शकले आ–आफ्नो फिल्ममा कस्तो कथा हुनेछ भन्नेमा आफैले अनुमान लगाएका छन् ।

फिल्म रिलिज हुन अझै दश दिन बाँकी रहे पनि कतिपय देशमा फिल्मको अग्रीम बुकिङ आक्रामक बनेको छ ।

सम्भवतः नेपालमा पनि यो फिल्मको अग्रीम बुकिङ खुल्नेछ । यतिबेला भने सोही सिरिजको फिल्म ‘क्याप्टेन मार्भल’ नेपालका मल्टिप्लेक्स हलमा रिलिज भइरहेको छ । यो फिल्म निकै ढिलो मात्र नेपालमा रिलिज गरिएको थियो ।

‘एभेन्जरः इन्डगेम’ को कथालाई लिएर विभिन्न अड्कल काट्न थालिएको छ । हालै फिल्मका केही कुरा बाहिरिएका छन् । यतिखेर हल्ला चलिरहेको छ कि, फिल्ममा केही सुपरहिरो मर्नेछन् र केही सुपरहिरोले अवकाश लिनेछन् ।

चर्चाका अनुसार ‘इन्डगेम’ मा आइरन म्यानको मृत्यु हुनेछ । तर, फ्यानले यो कुरामा विश्वास गरेका छैनन् । यस्तै यही भागबाट थोर र क्याप्टेन अमेरिकाले पनि एभेन्जर्सबाट रिटायरमेन्ट लिँदैछन् ।

यी कुरामा कत्तिको सत्यता छ, त्यसका लागि भने २६ अप्रिल कुर्नैपर्ने छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ४ : ३९ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण