सहकारीको नियमनमा चुनौती, बचतकर्ताको अर्बौ जोखिममा | Khabarhub Khabarhub

सहकारीको नियमनमा चुनौती, बचतकर्ताको अर्बौ जोखिममा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहकारीले ठगी गरेको भन्दै अहिले १२ अर्ब बढीको उजुरी परेको छ । अहिले देशभर सञ्चालनमा रहेका सहकारीको संख्या ३४ हजार ५ सय १२ छ । ति सहकारीले ३ खर्ब २ अर्बको बचत परिचालन गरेका छन् । त्यस्तै २ खर्ब ७३ अर्ब कर्जा परिचालन गरेका छन । यो तथ्यांक अनुसार १५५ सहकारी संस्थामा समस्या देखिएको छ। त्यस्त्ै १२ हजार ९ ६२ भन्दा बढी सहकारी विरुद्ध ठगीको आरोपसहितको उजुरी परेको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै पत्रिकाले ‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’शीर्षकमा अर्को समाचार छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन,’ भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सभामुखले पनि मैले कुनै गैरसंसदीय शब्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन।’

उनले थपे, ‘बरु विपक्षी दलका सांसदबाट उत्ताउला र अमर्यादित शब्द प्रयोग भएका थिए। ती शब्द संसद्को रेकर्डबाट हटाइएको हो। संसद् मर्यादित थलो हो। यसको गरिमा र सम्मानमा कसैले पनि आँच पुर्‍याउनु हुँदैन।’

सभामुख कृष्णबहादुर महराले पनि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले जबाफ दिने क्रममा कांग्रेसका सांसदहरूले प्रयोग गरेका असंसदीय शब्द रेकर्डबाट हटाइएको व्याख्या गरेका छन्। यसअघि उनले प्रधानमन्त्रीले जबाफ दिने क्रममा गैरसंसदीय शब्द प्रयोग भएको भन्दै रेकर्डबाट हटाउन लगाएका थिए।

पत्नीमाथि एसिड प्रहार शीर्षकको अर्को समाचारमा राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ।

खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ०५ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको