सहकारीको नियमनमा चुनौती, बचतकर्ताको अर्बौ जोखिममा « Khabarhub

सहकारीको नियमनमा चुनौती, बचतकर्ताको अर्बौ जोखिममा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहकारीले ठगी गरेको भन्दै अहिले १२ अर्ब बढीको उजुरी परेको छ । अहिले देशभर सञ्चालनमा रहेका सहकारीको संख्या ३४ हजार ५ सय १२ छ । ति सहकारीले ३ खर्ब २ अर्बको बचत परिचालन गरेका छन् । त्यस्तै २ खर्ब ७३ अर्ब कर्जा परिचालन गरेका छन । यो तथ्यांक अनुसार १५५ सहकारी संस्थामा समस्या देखिएको छ। त्यस्त्ै १२ हजार ९ ६२ भन्दा बढी सहकारी विरुद्ध ठगीको आरोपसहितको उजुरी परेको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै पत्रिकाले ‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’शीर्षकमा अर्को समाचार छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन,’ भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सभामुखले पनि मैले कुनै गैरसंसदीय शब्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन।’

उनले थपे, ‘बरु विपक्षी दलका सांसदबाट उत्ताउला र अमर्यादित शब्द प्रयोग भएका थिए। ती शब्द संसद्को रेकर्डबाट हटाइएको हो। संसद् मर्यादित थलो हो। यसको गरिमा र सम्मानमा कसैले पनि आँच पुर्‍याउनु हुँदैन।’

सभामुख कृष्णबहादुर महराले पनि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले जबाफ दिने क्रममा कांग्रेसका सांसदहरूले प्रयोग गरेका असंसदीय शब्द रेकर्डबाट हटाइएको व्याख्या गरेका छन्। यसअघि उनले प्रधानमन्त्रीले जबाफ दिने क्रममा गैरसंसदीय शब्द प्रयोग भएको भन्दै रेकर्डबाट हटाउन लगाएका थिए।

पत्नीमाथि एसिड प्रहार शीर्षकको अर्को समाचारमा राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ।

खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ०५ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग