लाइसेन्स नेपालीकरण नहुँदा समस्या « Khabarhub

लाइसेन्स नेपालीकरण नहुँदा समस्या


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘स्मार्ट’चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा गत भदौंमा नै बन्द भएपनि जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् ।

सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले जनाएको छ । सरकारले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेसँगै अन्य देशको ‘स्मार्ट’ चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दै आएको थियो ।

यातायात कार्यालयले अहिले कूटनीतिक नियोगका कर्मचारीको मात्रै चालक अनुमतिपत्र नेपालीकरण गरिरहेको कार्यालका प्रमुख डम्बरबहादुर चन्दले बताए ।

नेपालीकरणका लागि आउने सेवाग्राहीमा अध्ययन वा रोजगारीका लागि विदेश बसेर फर्किएका नेपाली धेरै रहेको उनले बताए । उनका अनुसार कतिपय सेवाग्राही नेपालीकरण छैन भनेपछि फर्किए पनि कतिपय विवाद गर्ने गरेका छन् । अहिले पनि दैनिक दुईदेखि चारसम्म सेवाग्राही नेपालीकरण गर्ने भन्दै आइरहेका छन् ।उनले भने, “कतिपय छैन भन्दा बुझ्नुहुन्छ, कतिपयले भने हामीले गर्न नचाहेको भन्ने सोच्छन् ।”

नेपालीकरण खुलाउनका लागि प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो देखाएको छैन ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : ४७ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री