अमेरिकामा आर्थिक संकटको घोषणा, चिनियाँ कम्पनी हुवावे कालो सूचीमा « Khabarhub

अमेरिकामा आर्थिक संकटको घोषणा, चिनियाँ कम्पनी हुवावे कालो सूचीमा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विदेशी प्राविधिक कम्पनी राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन सक्ने भन्दै राष्ट्रिय आर्थिक संकटको घोषणा गरेका छन् ।

ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षार गर्दै विदेशी कम्पनीले मुलुकको राष्ट्रिय तथा विदेश नीतिमा खतरा पुर्‍याउन सक्ने भन्दै आर्थिक संकटको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले ‘राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउनसक्ने’ विदेशी कम्पनीले निर्माण गरेको उपकरण अमेरिकी कम्पनीलाई प्रयोग गर्न बन्देज गर्ने निर्णय गरेका थिए । राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणा चिनियाँ प्राविधिक उपकरण निर्माण गर्ने कम्पनी हुवावेप्रति लक्षित रहेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणापछि अमेरिकाको वाणिज्य मन्त्रालयले हुवावे र हुवावेसँग आबद्ध ७० संस्थानलाई कालो सूचीमा राखेको थियो ।

तस्वीर– गेट्टी ईमेज

अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले जनाएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा हुवावेलाई कालो सूचीमा राखिएको हो । हुवावेले अमेरिकी राष्ट्रिय सुरक्षा तथा विदेश नीतिमा खतरा पुर्‍याउनसक्ने भन्दै कालो सूचीमा राखिएको जनाइएको छ ।

यससँगै हुवावेले अमेरिकी अनुमति नलिइ अमेरिकामा निर्मित उपकरण प्रयोग गर्न पाउने छैन ।

यता हुवावेले भने आफ्ना उत्पादनले अमेरिकामा कुनै किमिसको खतरा नपुर्‍याउने जनाउदै आएको छ । हुवावेले यसअघि बारम्बार यस विषयमा अमेरिकासँग छलफल गर्न तयार रहेको समेत स्पष्ट पार्दै आएको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक तनाव बढ्दै गइरहेका बेला अमेरिकाले चिनियाँ कम्पनीलाई कालो सूचीमा राखेको हो ।

यसअघि अमेरिका र चीन दुबै मुलुकले एक अर्काका सामानमा भन्सार महशुल बढाएका थिए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  २ : ४४ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका