अमेरिकामा आर्थिक संकटको घोषणा, चिनियाँ कम्पनी हुवावे कालो सूचीमा « Khabarhub

अमेरिकामा आर्थिक संकटको घोषणा, चिनियाँ कम्पनी हुवावे कालो सूचीमा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विदेशी प्राविधिक कम्पनी राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन सक्ने भन्दै राष्ट्रिय आर्थिक संकटको घोषणा गरेका छन् ।

ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षार गर्दै विदेशी कम्पनीले मुलुकको राष्ट्रिय तथा विदेश नीतिमा खतरा पुर्‍याउन सक्ने भन्दै आर्थिक संकटको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले ‘राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउनसक्ने’ विदेशी कम्पनीले निर्माण गरेको उपकरण अमेरिकी कम्पनीलाई प्रयोग गर्न बन्देज गर्ने निर्णय गरेका थिए । राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणा चिनियाँ प्राविधिक उपकरण निर्माण गर्ने कम्पनी हुवावेप्रति लक्षित रहेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणापछि अमेरिकाको वाणिज्य मन्त्रालयले हुवावे र हुवावेसँग आबद्ध ७० संस्थानलाई कालो सूचीमा राखेको थियो ।

तस्वीर– गेट्टी ईमेज

अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले जनाएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा हुवावेलाई कालो सूचीमा राखिएको हो । हुवावेले अमेरिकी राष्ट्रिय सुरक्षा तथा विदेश नीतिमा खतरा पुर्‍याउनसक्ने भन्दै कालो सूचीमा राखिएको जनाइएको छ ।

यससँगै हुवावेले अमेरिकी अनुमति नलिइ अमेरिकामा निर्मित उपकरण प्रयोग गर्न पाउने छैन ।

यता हुवावेले भने आफ्ना उत्पादनले अमेरिकामा कुनै किमिसको खतरा नपुर्‍याउने जनाउदै आएको छ । हुवावेले यसअघि बारम्बार यस विषयमा अमेरिकासँग छलफल गर्न तयार रहेको समेत स्पष्ट पार्दै आएको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक तनाव बढ्दै गइरहेका बेला अमेरिकाले चिनियाँ कम्पनीलाई कालो सूचीमा राखेको हो ।

यसअघि अमेरिका र चीन दुबै मुलुकले एक अर्काका सामानमा भन्सार महशुल बढाएका थिए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  २ : ४४ बजे

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको