केएफसी कि केकेएफसी ? उपभोक्ता नझुक्याउ : मन्त्री खतिवडा | Khabarhub Khabarhub

केएफसी कि केकेएफसी ? उपभोक्ता नझुक्याउ : मन्त्री खतिवडा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले ठूलो ब्राण्डसँग मिल्दोजुल्दो नाम राखी व्यवसाय सञ्चालन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौमा आयोजित नेपाल–इंडिया फे्रन्चआईज ईन्भेष्टमेन्ट एक्सो/कन्केलेभको उद्घाटन समारोहमा मन्त्री खतिवडाले ब्राण्ड व्यवस्थापनको लागी कानून निर्माण भइरहेको समेत जिकिर गरे । काठमाडौंमा सञ्चालन भइरहको ककेएफसी रेस्टुरेण्टलाई ईगिंत गर्दै मन्त्री खतिवडाले भने “नेपालमा ठुला ब्राण्डसंग मिल्दोजुल्दो नाम राखी धेरै कम्पनीहरुले उपोभोक्ता झुक्याउने काम गरिरहेका छन्, त्यसमा सरकारको ध्यानाकर्षण भएको छ ।”

मन्त्री खतिवडाका अनुसार बौद्धिक सम्पत्ति ऐन निर्माणको प्रक्रियामा रहेको र त्यस अन्र्तगत सबै खाले डबल मिनिङ दिने कम्पनीहरुलाई प्रतिबन्ध गरिने बताए । कार्यक्रममा नेपालका लागी भारतका राजदूत मन्जित सिंह पुरीले फेन्चआईजमा भइरहको दुई देश बिचको लगानीले नेपाल भारतको अर्थिक सम्बन्ध थप सदृढ बनाएको बताए ।

राजदूत पुरीले नेपालमा खुलेका भारतीय ब्राण्डका कम्पनीहरुले नेपाली युवाहरुमा उद्यमशीलताको विकास गरिरहेको जिकिर गरे । भारतमा नेपाली लगानीको सम्भावनालाई औल्याउदै पुरीले भने “भारतमा नेपाली पर्यटन र अन्य उत्पादनको राम्रो माग र सम्भावना छ, त्यसका लागी भारतको तर्फबाट हामी सहकार्य गर्ने सधै नै तयार छौं । ”

काठमाडौको याक एण्ड यति होटलमा बुधबारबाट शुरु भएको नेपाल–इंडिया फेन्चआईज ईन्भेष्टमेन्ट एक्सपो÷कनकलेभ दुई दिनसम्म चल्ने छ । एक्सपोमा नेपाल भारतका पचास भन्दा बढी विभिन्न क्षेत्रमा सेवा दिदै आएका किम्पनीहरुले स्टलहरु राखेका छन् । खास गरी फुड एण्ड विभिरेज, मोटर, हाउजिङ, पर्यटन, शिक्षालयसँग जोडिएका कम्पनीहरुका स्टलहरु एक्सपोमा राखिएका छन् ।

फ्रेन्चआईज के हो ?

फ्रेन्चआईजको शाब्दिक अर्थ मताधिकार हो । कुनैपनि कम्पनीले आफ्नो वस्तु वा सेवा वितरण गर्न अर्को कम्पनीलाई दिने विषेशअधिकार फ्रेन्चआईज हो । फ्रेन्चआईज लिने कम्पनीले फेन्चआईज दिने कम्पनीलाई मासिक वा वार्षिक रुपमा सर्तअनुसारको रकम बुझाउनु पर्ने हुन्छ ।

जसबापत फ्रेन्चआईज लिने कम्पनीले फ्रेन्चआईज दिने कम्पनीको ब्राण्ड र सेवाहरु प्रयोग गर्न पाउदछन् । जस्तै: केएफसी नामले विश्वको विभन्न देशमा खोलिएका रेष्टुरेष्टहरु फ्रेन्चआईज प्राप्त रेष्टुरेन्टहरु हुन् । त्यस्तै मनोरञ्जनको क्षेत्रमा पनि अहिले फ्रेन्चआईजको व्यापक प्रयोग भएको पाइन्छ ।

को बन्छ करोडपति, नेपाल आईडल, भोईस अफ नेपाल, नेपालमा फ्रेन्चआईज प्राप्त केही कम्पनीहरु हुन् । फ्रेन्चआईज शुल्क बुझाएबापत फेन्चआईज प्रदायक कम्पनीले वस्तु र सेवाको गुणस्थरका लागी विशेष किसिमका टे«निङ दिने गर्दछन् र निरीक्षण समेत गर्ने गर्दछन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ४ : ०० बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको