युवा उद्यमीलाई ब्याजदरमा विशेष छुट « Khabarhub

युवा उद्यमीलाई ब्याजदरमा विशेष छुट


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले उद्यम गर्न चाहने युवाहरुको लागी सरकारको कायम ब्याज दरभन्दा ५ प्रतिशत कम दरमा ऋण उपलब्ध गराउने बताएका छन् ।

बिहाबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले २०७६/७७को बजेटमा उक्त विषय उल्लेख भएको जिकिर गरेका छन् । मुलुकमै केही गरु भन्ने चाहना भएका युवाहरुको भावनालाई समेटेर कार्यक्रम ल्याउन लागिएको मन्त्री खतिवडाले बताए । मन्त्री खतिवडाले भने “अब मुलुक रेमिटेन्सले होईन आफनै अर्थतन्त्रले धान्छ, विदेश जान लागेका र विदेशवाट फर्किएर आएका युवाको लागी आफनै मुलुकमा उद्यम गर्न व्याज दरमा विशेष छुट दिइनेछ ।”

आउँदो जेठ १५ गते सार्वजनिक हुने आगामी वर्षको बजेट बारे जानकारी दिँदै मन्त्री खतिवडाले अबको बजेट नेपालको मौलिक बजेट हुने बताए । अघिल्ला बजेटहरु विदेशबाट कपी पेस्ट भइरहको आरोप लागिरहेका बेला मन्त्री खतिवडाले यसपटकको बजेटमा नेपालको विषेश मुद्दाहरुको सम्बोधन हुने वश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ४ : ४१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने