वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै ठगी « Khabarhub

वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै ठगी


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै एक व्यक्तिले झण्डै १५ जनालाई ठगेको फेला परेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले उक्त कम्पनीका पूर्वकर्मचारी काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ठमेल बस्ने १८ वर्षीय नीरज कुइँकेललाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । उनले सुशान्त ओझाको नामबाट ठगी गर्दै आएका थिए ।

कम्पनीको मोबाइल र परिचयपत्र दुरुपयोग गरेर काठमाडौँका विभिन्न स्थानमा गई इन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाइन काट्नेलगायत कार्य उनले गर्दै आएका थिए । यस्तो गतिविधिको सूचनाप्राप्त हुनासाथ टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट बुधबार पक्राउ गरी अनुसन्धान थालेको छ ।

गत माघदेखि काम छाडेका उनले सोही कम्पनीको कर्मचारी बनेर १५ भन्दा बढी पुराना ग्राहक र केही नयाँ ग्राहक बनाई रु ६५ हजार सङ्कलन गरेको अनुसन्धानमा खुलेको छ । अहिले महाशाखाले अदालतबाट म्याद थप गराएर उनीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले सक्कली सुन भनेर नक्कली सुन दिने सक्कली पैसा भनेर नक्कली पैसा दिने गिरोहसमेत सक्रिय भएकाले यसतर्फसमेत सचेत हुन सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ४ : ५४ बजे

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई