वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै ठगी « Khabarhub

वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै ठगी


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै एक व्यक्तिले झण्डै १५ जनालाई ठगेको फेला परेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले उक्त कम्पनीका पूर्वकर्मचारी काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ठमेल बस्ने १८ वर्षीय नीरज कुइँकेललाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । उनले सुशान्त ओझाको नामबाट ठगी गर्दै आएका थिए ।

कम्पनीको मोबाइल र परिचयपत्र दुरुपयोग गरेर काठमाडौँका विभिन्न स्थानमा गई इन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाइन काट्नेलगायत कार्य उनले गर्दै आएका थिए । यस्तो गतिविधिको सूचनाप्राप्त हुनासाथ टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट बुधबार पक्राउ गरी अनुसन्धान थालेको छ ।

गत माघदेखि काम छाडेका उनले सोही कम्पनीको कर्मचारी बनेर १५ भन्दा बढी पुराना ग्राहक र केही नयाँ ग्राहक बनाई रु ६५ हजार सङ्कलन गरेको अनुसन्धानमा खुलेको छ । अहिले महाशाखाले अदालतबाट म्याद थप गराएर उनीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले सक्कली सुन भनेर नक्कली सुन दिने सक्कली पैसा भनेर नक्कली पैसा दिने गिरोहसमेत सक्रिय भएकाले यसतर्फसमेत सचेत हुन सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ४ : ५४ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका