कुन राशीका नेताहरुको राजनीतिमा रहने छ सुनौलो भाग्य « Khabarhub

कुन राशीका नेताहरुको राजनीतिमा रहने छ सुनौलो भाग्य


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषको सबै भन्दा ठूलो ग्रह बृहस्पति केवल कर्कट लग्नमा मात्र उच्च हुन्छ । चन्द्र तथा बृहस्पतिको अद्भुत संयोगको कारण यो लग्न जनतामा प्रसिद्धि प्रदान गर्ने छ । साथै चन्द्र मंगलका कारण यो प्रसिद्धिले उच्च पदसम्म पुर्‍याउने छ ।

संसारमा चार लग्न भएका मानिस भाग्यको मामिलामा सबैभन्दा असल र भाग्यमानी सावित हुनेछन् । मेष लग्न, कर्कट लग्न, तुला लग्न र मकर लग्न । यिनीहरुको जीवन आमरुपमा भाग्यको साथमा मिलिहाल्छन् । के तपाईं कर्कट लग्न यति प्रभावशाली किन हुन्छन् भन्ने जान्न चाहनु हुन्छ ?
कर्कट लग्नको स्वामी चन्द्रमा हुन्छ । जो राजसी ग्रह हो । यसमा मंगल सर्वाधिक महत्वपूर्ण हुन्छ, जसबाट व्यक्तिलाई साहस र शक्ति मिल्ने छ । शुक्र यसमा लाभको स्वामी हुन्छ । त्यसैले यस्ता व्यक्तिलाई खासै धनको अभाव हुँदैन । बृहस्पतिले यसमा भाग्यको नियन्त्रित गर्छ । तर सामान्य रुपबाट हेर्ने हो भने व्यक्तिको जन्मबाट नै भाग्यको वरदान मिल्ने गर्दछ ।

कर्कट लग्न राजनीतिमा किन लोकप्रिय हुन्छ ?

कर्कट लग्नमा हरेक ग्रह उसैको भावका स्वामी हुन्छ । जहाँ ऊ सबैभन्दा मजबुत हुन्छ । ज्योतिषको सबैभन्दा ठूलो ग्रह बृहस्पति केवल कर्कट लग्नमा मात्र उच्च स्थानमा हुन्छ । चन्द्र तथा बृहस्पतिको अद्भुत संयोगका कारण यस्तो लग्नले जनतामा प्रसिद्धि प्रदान गर्छ । र चन्द्र मंगलका कारण यो प्रसिद्धिले उच्च पदसम्म पुर्‍याउँछ ।

यसमा सूर्य पनि कर्मको स्थानमा सर्वाधिक बलियो रुपमा बसेको हुन्छ । यस्तै यो लग्नमा जन्मजात राजयोग मिल्ने पनि सम्भावना हुन्छ ।

राजनेताको कुण्डली किन कर्कट लग्न वा राशि ? (यहाँ राजनेताको कुरा गर्नु पर्दा केही भारतीय राजनेताको नाम उल्लेख गरिन्छ ।)

– स्वतन्त्र भारतको चन्द्र कुण्डली पनि कर्कट लग्नकै थियो ।
– भारतका पूर्व प्रधानमन्त्री जवहारलाल नेहरुको लग्न तथा राशि दुवै कर्कट थियो ।
– इन्दिरा गान्धी तथा सोनिया गान्धीको पनि लग्न कर्कट नै छ ।
– भारतका पूर्व प्रधानमन्त्री वीपी सिंह तथा देवगौडाको पनि लग्न कर्कट थियो ।
– भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको चन्द्र लग्न कर्कट थियो ।
– दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको लग्न पनि कर्कट नै थियो ।

कर्कट लग्न भएका व्यक्तिले राख्नु पर्ने सावधानी

– विवाह तथा वैवाहिक जीवनमा सँधै ध्यान राख्नु पर्छ ।
– चरित्र पतनबाट आफुलाई बचाउनु पर्छ।
– स्वास्थ्य तथा जीवनचर्याको सँधै ध्यान राख्नु पर्छ।
– परामर्श लिएर एउटा मुँगा अवश्य धारण गर्नु पर्छ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : ५६ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा