आजको मौसम : साँझपख मेघ गर्जनसहित पानी पर्ने | Khabarhub Khabarhub

आजको मौसम : साँझपख मेघ गर्जनसहित पानी पर्ने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरको तापक्रम बढेको छ । तराईका जिल्लामा बढेको गर्मीले सर्वसाधारण आक्रान्त बन्दै गएका छन् । गर्मी विस्तारै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

त्यसै आज दिउँसोको तापक्रम बढेपनि साझपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने र साँझ पख मध्य भूभागमा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ ।

असार १ गते (आइतबार)

दिउँसो: देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदलीरहि मध्य भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार २ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ३ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ८ : १५ बजे

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको

यी भूभागमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल