सलमान खानको फिल्ममा हिरोइनले किन गर्दैनन् अंग प्रदर्शन ? « Khabarhub

सलमान खानको फिल्ममा हिरोइनले किन गर्दैनन् अंग प्रदर्शन ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – ईदको मौका पारेर रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले समीक्षा पनि राम्रै पाइरहेको छ ।

अलि अब्बास जफर निर्देशित यो फिल्मले आजसम्म झण्डै १ सय ७३ करोड ८५ लाख कमाइ गरेको छ । फिल्मको सफलताले निर्माण टिम निकै खुशी छ । सलमानले पनि खुशी हुँदै सबैलाई धन्यवाद दिइरहेका छन् । यस दौरान सलमानले दर्शकको मायाले आफू सम्मानित भएको महसुस गरेको बताएका छन् ।

साथै उनले आफ्ना फिल्ममा नायिकाले अंग प्रदर्शन नगर्ने पनि बताएका छन् । आफूसँग कोही नायिकाले अभिनय गर्दैछिन् भने ती नायिकाले अंग प्रदर्शन गर्न नपाउने सलमानले बताएका हुन् । बरु सलमान आफैले अंग प्रदर्शन गर्ने बताएका छन् । त्यसो त सलमानलाई प्राय: फिल्ममा आफ्ना बडी शो गरेको फ्यानले देख्दै आएका छन् ।

‘भारत’ को सफलतापछि सलमान खान आफ्नो आगामी फिल्म ‘दबंग ३’ को तयारीमा जुटेका छन् । यो फिल्मपछि सलमानले आलिया भट्टसँग सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : ४७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष