भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जना पक्राउ « Khabarhub

भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जना पक्राउ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली डलर र नक्कली सुनलाई सक्कली भन्दै लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

काठमाडौंको थलीमा ८ लाख, कपनमा ७ लाख ठगी गरि भागेका उनीहरुलाई १५ लाख ठगी गर्न लागेको अवस्थामा आज बिहान भक्तपुरको साँगाबाट पक्राउ गरी कारबाही प्रक्रियालाई अघि बढाइएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले काठमाडौंको नयाँ बसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई लुटपाट गर्दै आएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : २५ बजे

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।