यसकारण बढ्यो काठमाडौंमा गर्मी | Khabarhub Khabarhub

यसकारण बढ्यो काठमाडौंमा गर्मी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — शनिवारदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । मौसमी प्रणाली बंगालको खाडी आसपासमा रोकिएपछि मनसुन आउन ढिलाइ भइरहेको छ जसका कारण गर्मी बढेको छ ।

जलवाष्पयुक्त वायु बंगालको खाडीबाट नआएका कारण वायुको प्रवाह कम भएको र बादल लाग्न नसक्दा वर्षा पनि नभएको र त्यसका कारण गर्मी बढेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार मनसुन बंगालको खाडी छेउछाउमै अड्किएको छ । यो प्रणाली उत्तर तिर सर्दै आउनु पर्नेमा उतै रोकिएको अर्यालले बताए ।
त्यस्तै पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको उनको भनाइ छ ।

काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीनरचार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

शनिवार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको थियो ।

सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ३७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको