विवादास्पद सुपुर्दगी विधेयक स्थगित भएपनि हङ्कङमा विशाल प्रदर्शन जारी « Khabarhub

विवादास्पद सुपुर्दगी विधेयक स्थगित भएपनि हङ्कङमा विशाल प्रदर्शन जारी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ– हङ्कङ सरकारले विवादास्पद सुपुर्दगी विधेयकको प्रक्रिया स्थगित गरेपनि विपक्षीले सरकार विरोधी विशाल प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

हङ्कङको सडकमा दशौं हजार मानिसहरुले शहरकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी सेतो फूल बोकेर सडकमा ओर्लिएका छन् । शनिबार एक भवनबाट खसेर ज्यान गुमाएका प्रदर्शनकारीको शोकमा सेतो फूल लिएर प्रदर्शनकारी सडकमा ओर्लेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो साता त्यहाँ भएको व्यापक प्रदर्शनपछि प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयकको संसदीय प्रक्रिया अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेकी थिइन् ।

अघिल्लो साता भएका प्रदर्शनमा दश लाख प्रदर्शनकारीको सहभागिता थियो ।

बुधबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा ७० जनाभन्दा धेरै घाइते भएका थिए । प्रमुख कार्यकारी लामले प्रदर्शनप्रति दुःख र पश्चाताप महशुस गरेको जनाएपनि उनले पदबाट राजीनामा दिन भने अस्वीकार गरेकी थिइन् ।

प्रदर्शनकारीले भने प्रमुख कार्यकारीका रुपमा उनी असफल सिद्ध भइसकेकाले उनले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर