ल्हासामा एक चीन नीतिमा जोड « Khabarhub

ल्हासामा एक चीन नीतिमा जोड


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्हासामा सम्पन्न तिब्बत विकास मञ्चको सम्मेलनले तिब्बतको विकास र यसका लागि चीन सरकारले अघि सारेको खुला तिब्बत नीतिमा जोड दिइएको छ ।

विश्वका ३८ देशका प्राध्यापक, वैज्ञानिक, पत्रकार, कूटनीतिक क्षेत्रका जानकार, लेखकलगायतको सहभागितामा भएको सो सम्मेलन ल्हासामा शुक्रबार सम्पन्न भएको हो ।

सो सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्दै नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा.डा.राजिवकुमार झाले नेपाल चीन सम्बन्धले विगतको भन्दा थप उचाइ हासिल गरेको बताए ।

उनले भने, अब नेपाल चीन सम्बन्ध पहिलेको जस्तो परम्परामा मात्र सीतिम रहँदैन, दुई देशबीच सम्पन्न यातायत तथा पारवाहन क्षेत्रका सम्झौताले नेपालको विकासमा ठूलो सहयोग पुग्छ ।’

उनले नेपाल सदैब एक चीन नीतिको पक्षमा रहेको धारणा राखेपछि त्यहाँ सहभागी चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र सम्मेलनका चिनियाँ प्रतिनिधिहरुले खुशी व्यक्त गर्दै निकै बेरसम्म ताली बजाएर स्वागत गरेका थिए ।

चीनमा विगत २२ वर्षदेखि अध्ययन र अध्यापन गरिरहेका डा.झालाई चीनको सियान सरकारले युवा वैज्ञानिकका रुपमा पुरस्कृत गरेको छ भने उनलाई नेपालको लागि नागरिक दूतका रुपमा पनि घोषणा गरेको छ ।

प्राध्यापक झाले विश्वका करिब एक तिहाई नागकिको आस्थाको धरोहर गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहनु नेपालीका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो भन्दै यस्तो अद्धितीय सम्पदाबाट नेपाल लाभान्वित हुन सक्नुपर्नेमा जोड दिए ।

उनले तिब्बतको बारेमा बाह्य विश्व र विशेषगरी पश्चिमाहरुले बनाइराखेको सोच गलत रहेको भन्दै तिब्बतको सौन्दर्य, यसको ऐतिहासिकता र अरु विविध क्षेत्रको महत्वलाई संसारमा पुराउन हाल चीन सरकारले लिएको नीतिको उनले प्रसंशा गरे ।

उनले नेपालको वर्तमान केपी ओली सरकारले चीनसँगको सम्बन्धलाई थप प्रगाढा बनाएको आफूले पाएको भन्दै चीनले नेपालमा निर्माण गरिदिने रेलमार्गले यी दुई देशको सम्बन्धलाई अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण स्थानमा पुर्याउने धारणा राखे ।

उनले चिनियाँ राष्टपति सि चिनफिङले नेपाल भ्रमण गर्ने घटनाको तिब्र पर्खाइमा नेपाली नागरिक रहेको बताए । राष्ट्रपति सिबाट हुने नेपाल भ्रमण नेपालको कूटनीतिक क्षेत्रमा एक महत्वपूर्ण क्षणका रुपमा रहने धारणा पनि उनले राखे ।

उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सहभागीहरुले तिब्बतको बृहत्तर क्षेत्रको महत्वलाई उजागर गर्न चीन सरकारले शुरु गरेको खुला तिब्बत अवधारणाको प्रशंसा गरेका थिए ।

सम्मेलनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा तिब्बत जनसकारका उपप्रमुखले सम्बोधन गरेका थिए ।

जनवादी गणतन्त्र चीन सरकारको राज्य परिषद कार्यालयद्धारा आयोजित यस सम्मेलनमा विश्वका ३८ देशका वैज्ञानिक, पत्रकार, कूटनीतिक क्षेत्रका जानकार एवम् विभिन्न क्षेत्रका व्यक्तित्वहरु गरी ७६ जनाको सहभागिता थियो । त्यति नै संख्यामा चिनियाँ विशिष्ठ व्यक्तित्वको सहभागिता थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ०२ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह