बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै « Khabarhub

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट प्रभावित मुलुकका करिब ३१ जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

मनसुन सक्रिय भएसँगै बिहीबारबाट शुरु भएको बर्षाका कारण ६९ जनाले ज्यान गुमाएका छन् भने ३१ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार ३८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१६ हजार ५ सय २० घर परिवार अस्थायी रुपमा विस्थापित भएका छन् । विपद प्रभावितहरुको पुनःस्थापना तथा राहत वितरणका लागि करिब ३० हजार सुरक्षाकर्मीसहित नेपाली सेनाको चारवटा हेलिकोप्टर प्रयोग गरिएको छ ।

गृहमन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित पहाडी जिल्लामा सोमबार दिउँसो देखि मौसम सफा हुनुका साथै तराई मधेसका जिल्लामा पनि पानीको सतह विस्तारै घट्दै गएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : ३१ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३