सरकार र विप्लव समूहबीच आज वार्ता « Khabarhub

सरकार र विप्लव समूहबीच आज वार्ता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकार र सरकारद्वारा प्रतिबन्धित दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (मंगलबार) वार्ता हुँदैछ । वार्ताका लागि बाँकेको नेपालगञ्ज क्षेत्र तोकिएपनि वार्तास्थल खुलाइएको छैन ।

वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्ने गरी वार्ता गर्न पाण्डे नेतृत्वको टोलीलाई नेपालगञ्ज पठाएका हुन् ।

विप्लव समूहबाट वार्तामा सहभागी हुने नेताहरुको नाम भने खुलाइएको छैन । विप्लवसमूहकै अनुरोधमा उनीहरुको नाम गोप्य राखिएको हो ।
यसअघि आइतबार पनि विप्लवका केही नेताहरुसँग छलफल भएको थियो । छलफल सकारात्मक भएपछि निर्णायक वार्ताका लागि सरकार र विप्लवका नेताहरु जुटेका हुन् ।

विप्लव समूहका एक नेताका अनुसार चार सर्त पूरा गर्ने सहमतिपछि वार्ता प्रक्रिया अघि बढ्ने बताएका छन् ।

उनका अनुसार सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने विषय पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइको माग गरिएको छ ।

विप्लव समूहमाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता लिनुपर्ने र प्रहरीले उच्च निगरानीका साथ खोजी रहेका नेता तथा कार्यकर्ताको खोजीकार्य आजैका दिनदेखि बन्द गर्नुपर्नेलगायतका माग छन् । आफ्ना मागहरु सम्बोधन भएमात्र वार्ता प्रक्रिया अघि बढ्ने विप्लव समूहका नेताको दाबी छ।

आजको वार्ता निर्णायक हुने सरकारी वार्ता टोलीको दाबी छ । वार्ताका लागि बिहान ९ बजेको समय तय गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ३४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित