असार सकियो, रोपाइँ सकिएन | Khabarhub Khabarhub

असार सकियो, रोपाइँ सकिएन


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् ।

कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले जिल्लाको उत्तरी भेगमा सिँचाइ सुविधा नभएका कारण १५ प्रतिशत रोपाइँ गर्न बाँकी छ।

महाकाली सिँचाइ तेस्रो चरणको नहर बनेपछि जिल्लाका उत्तरी भेगमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । अधिकांश किसानहरुले भूमिगत सिँचाइबाट रोपाइँ गरेपनि यो वर्ष वर्षा नहुँदा साउनसम्म रोपाइँ हुन नसकिएको हो । सुदूरपश्चिम प्रदेशका लागि अन्न भण्डारको रुपमा चिनिने कञ्चनपुरमा ११ हजार हेक्टर क्षेत्रफमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

महाकाली सिँचाइअन्तर्गत पहिलो र दोस्रो चरणबाट भीमदत्तनगर र बेल्डाँडी क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाको बनिसकेपछि यहाँको ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : ४३ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार