अनलाइनमार्फत सस्तो मूल्यका सामान पठाइदिने भन्दै ८० लाख ठगी « Khabarhub

अनलाइनमार्फत सस्तो मूल्यका सामान पठाइदिने भन्दै ८० लाख ठगी


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइनमार्फत विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अनलाइनमा विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भइ काठमाडौं महानगरपालिका(१६ खुशिवु नयाँबजार बस्ने ३० वर्षीय आकिव जावेद, महोत्तरीको सोनम गाउँपालिका– ७ घर भइ काठमाडौं क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरी गौशाला नगरपालिका(५ घर भइ काठमाडौं महानगरपालिका(१६ खुशिवु नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन् ।

उनीहरुले मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेका खुल्न आएको छ ।

उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ३७ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु